गठबन्धन सरकारको आयु असार १७ गतेसम्म : एमाले अध्यक्ष
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिराटनगरमा हिजो आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनको आयु असार १७ गतेसम्म मात्र भएको घोषणा गर्नुभएको छ ।
त्यसैगरी उहाँले हिजै इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरका मतदातालाई सातो जानेगरी हप्काएको बताउनुभएको छ ।
इटहरीमा उहाँले भन्नुभयो, ‘भरतपुरमा रेनु दाहालले नजिते मुलुक दुर्घटनामा पर्ने भनेर प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति हो ।’
टिप्पणीहरू