सवारी दुर्घटनामा दुई जना बिते
बर्दिया र सुनसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बर्दियाको बाँसगढी नगरपालिका ५, प्रगतिनगरमा भे. १ ह ५१६० नम्बरको ई–रिक्साको ठक्करबाट बाँसगढी नगरपालिका ५ बस्ने भीमप्रसाद काफ्लेको ३ वर्षका छोरा अभिष काफ्लेको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते काफ्लेको मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका ८, भण्टाबारी चोकमा सिकारुले चलाएको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक झापा दमक नगरपालिका १ बस्ने २६ वर्ष…