पहिले रवि, त्यसपछि क्रमशः अरुलाई पक्रने प्रहरीको तयारी
जिल्ला अदालत कास्कीले आज जारी गरेको पक्राउ पुर्जीमा रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित अरु एक दर्जनको नाम उल्लेख छ । रविलाई पक्राउ गर्न प्रहरीको सिआईबी टोली रास्वपा कार्यालय, बनस्थली पुगेको छ ।
सहकारी ठगीमा अनुसन्धानका लागि आज अदालतले जारी गरेको पक्राउ पुर्जीमा लामिछानेसहित विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी र दीपक लामाको नाम उल्लेख छ ।
त्यसैगरी अनन्त बाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, …