मंगलबजारमा लागुऔषधको बोरा, नियन्त्रणमा लिन खोजेपछि कारोबारी बेपत्ता
पाटन मंगलबजार क्षेत्रमा खुलमखुला लागुऔषध कारोबार हुने गरेको समाचार पुष्टि भएको छ । हिजो साँझ कारोबारमा संलग्न दुई व्यक्ति स्थानीयले नियन्त्रणमा लिन खोज्दा भागेका छन् ।
स्थानीयवासीका अनुसार भारतीय मूलको अनुहार भएका दुई व्यक्तिले आदर्श कन्या निकेतन विद्यालय पछाडिको गल्लीमा शंकास्पद तरिकाले गाडी रोकेका थिए । शंका लागेर स्थानीय पुग्दा उनीहरूले बोरा छाडेर भागेका हुन् । पछि बोरा खोलेर हेर्दा लागुऔषध फेला परेपछि प्रहरीलाई जिम्मा लगाइएको छ ।
सिसिटिभीमा सेतो रंगको प्राइभेट …