सांघाईमा कोरोना लागेर १७ जनाको मृत्यु
चीनको सांघाईमा कोभिडबाट आज थप सात जनाको ज्यान गएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र हिजो सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो । तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।
पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्धरोगी भएको बताइएको छ ।…