साथ हुञ्जेल मस्ती, बिहान जबरजस्ती

साथ हुञ्जेल मस्ती, बिहान जबरजस्ती

लण्डनबाट फर्किएको ज्यान,काठमाडौंमा रमाइलोतिर ध्यान । रमाइलो यस्तो कि, काम–कुरा सकिएलगत्तै प्रहरी हिरासतको बास ।

कानुनी सुविधाको जगमा बढ्दो जबरजस्ती करणीका मुद्दाले निम्त्याएका विसंगतिकै शिकार बने,तनहुँका ४२ वर्षीय युवक हेमसिंह शाही । लण्डनबाट आएपछि घरपरिवारभन्दा पहिला रमाइलो खोज्दा प्रहरी हिरासत हुँदै अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा कैद छन् ।

जनवरी १० तारिखमा दोहा ट्राञ्जिट हुँदै कतार एयरवेजको उडानबाट काठमाडौं ओर्लिएका थिए । लण्डनमै हुँदा काठमाडौं बस्ने साथी सुरज थापालाई भनेव, ‘काठमाडौंमा मस्ती गर्नुपर्छ । यो सबै तैँले मिलाउने हो । पैसाको चिन्ता नगर यार..!’

‘लाहुरे’ आउने भएपछि सुरज हौसिए ।

हेमका लागि सुरजले ठमेलको ज्याठास्थित होटल बड्डीमा कोठा मिलाइदिएका थिए । काठमाडौं ओर्लिएका दिनदेखि लगातार दुई–तीन साँझ उनीहरुको यात्रा शुरु हुन्थ्यो, दरबारमार्गबाट । रातभर डिस्को र पबतिर अल्मलिँदै होटल फर्किंदा सुरजले एक–एक युवती ओछ्यानमै पुर्याउँथे ।

फागुन ३० गते यही क्रम जारी रह्यो ।

इलामकी १९ वर्षीया कल्पना मगर (नाम परिवर्तन) साँझदेखि नै साथ रहिन् । युवती व्यवस्थापन गर्ने गिरोहमार्फत कल्पनाको नम्बर लिएर सुरजले फोन गरेका थिए । त्यसपछि कल्पना आफैँ सोधखोज गर्दै दरबारमार्गस्थित उनीहरु रमाइरहेको बारमै पुगिन् । साँझ शुरु भयो, दरबारमार्गबाटै । त्यहाँबाट राति एलओडीमा पुगेर होटल फर्किने सुरसार कसे । यसबीच केही समय कल्पना र हेम अलग भए । किनभने, सुरज लाजिम्पाटतिर साथीहरुसँग थिए । हेम पनि त्यतै लागे । कल्पनाचाहिँ अरु साथीहरुसँग अल्मलिन थालिन् । तर, हेम लाजिम्पाट पुगेपछि कल्पनाले सुरजलाई फोन गरिन् । अनि, कल्पना त्यहीँ पुगिन् ।

कल्पनाले वाइन, वियर र भोड्का कक्टेल गरेकी थिइन् । नपिउने मान्छेले यति चिज कक्टेल गर्यो भने सम्हालिन सक्दैनन् । तर, कल्पना पूरै होसमा थिइन् ।

विहानको ३ बजे उनीहरु लाजिम्पाटबाट एउटा ट्याक्सी चढेर ज्याठास्थित होटलमा छिरे । सुरज एउटा कोठामा, हेम र कल्पना अर्कै कोठामा छिरे । त्यही कोठामा कल्पना र रामले करिव दुई घण्टा बिताए । त्यसपछि कल्पना निस्किइन् । उनले अघि जुन ट्याक्सीमा आएको हो, त्यसको भिजिटिङ कार्ड लिएकी थिइन । त्यही ट्याक्सी बोलाइन् । घर गइनन्, दरबारमार्गस्थित प्रहरी बृत्तमा पुगिन् । भनिन्, ‘म बलात्कारमा परेँ ।’

मुखबाट रक्सीको गन्ध फैलिएको छ । हेर्दा हृष्टपुष्ट, क्लब–बारतिर गइरहने र दरबारमार्गका प्रहरीले देखिरहेकी युवतीले बलात्कृत भएँ भनेकी छन् ।

यस्तो भएपछि प्रहरीहरु अचम्ममा परे ।

प्रहरीले सोधे, ‘प्रमाण के छ र ?’

कल्पनाले भनिन्, ‘प्रमाण त खोलेर देखाएमात्रै हो । अरु छैन ।’

प्रहरीको सोधखोज बढेपछि कल्पना रिसाइन्, ‘तपाईंहरु रिपोर्ट लिने कि नलिने रु नलिने भए म हन्ड्रेडमा फोन गर्छु’ भन्न थालिन् ।

यसपछि प्रहरी आत्तिए । किनभने, बलात्कृत भएँ भनेर आफैँ प्रहरी कार्यालयमा पुगेकी महिलाको उजुरी, जाहेरी नलिने काम अपराधतुल्य मानिन्छ ।

शुरुमा प्रहरीले कल्पनाको स्वास्थ्य परीक्षण गरायो । त्यसको रिपोर्ट आयो, अल्कोहलिक ब्लड सिम्टमस् । अर्थात्, उनले मदिरा पिएको प्रमाणित भयो ।

बलात्कार हो कि होइन भन्ने कुरा परीक्षण गर्न घा–जाँच रिपोर्ट बनाउने क्रममा उनको शरीरमा कुनै चोटपटक भेटिएन । परीक्षण गर्दा यौन सम्पर्क भएको प्रमाणित भयो, तर जबरजस्ती सावित हुने कुनै संकेत भेटिएन ।

तर, प्रहरीसँग कल्पनाको जाहेरी लिनुबाहेक विकल्प थिएन । जाहेरी दर्ता भयो ।

उनले प्रतिवादी बनाएकी हेम सिंहलाई प्रहरीले विहानै ल्यायो । साथमा होटलबाट सिसिटिभी फुटेज पनि ।

जाहेरी दर्ता भइवरी कारवाहीको प्रक्रिया अगाडि बढ्दा बल्ल प्रहरीले चाल पायो, कल्पना नाटकीय शैलीमा प्रहरीकहाँ पुगेको बारे ।

पहिलोपटकै यौन सम्पर्कपछि हेम थकित भएर सुते । पहिला सल्लाह थियो, कल्पना विहान चिया पिएर फर्किने । तर, हेम विहान उठ्दा कल्पना ओछ्यानमा थिइनन् ।

आफ्ना सामानहरु हेरे, सबै दुरुस्त छ । ज्याकेटको भित्री खल्तीमा ५० हजार रुपैयाँ थियो । हेरे, भेटेनन् ।

यसपछि सम्झिन थाले, त्यो पैसा कहाँ खर्च भयो भन्नेबारे ।

प्रहरीलाई सुनाए, ‘लण्डनमै एकजना व्यक्तिलाई दिएको सापटी रकम अघिल्लो दिन बागबजारमा बस्ने ती व्यक्तिकी महिला आफन्तसँग लिएको हो । तर, खर्च गर्नलाई अलग्गै पैसा थियो । खर्च गर्न भनी छुट्टयाएको पैसामा पाँच–सात हजार बाँकी नै थियो । त्या पैसा दुरुस्तै भेटियो । तर, ५० हजार सर्लक्कै हरायो ।’

हेमको शंका र प्रहरीको ठहर मिल्यो, त्यो रकम कल्पनाले चोरिन् । जाहेरी दर्ता भएपछि कल्पना प्रहरीको सम्पर्कमा आउन हिचकिचाइन् । एकपटक प्रहरीले ल्याब टेष्टका लागि अनेक जुक्ति लगाएर आफ्नो सम्पर्कमा ल्यायो । तर, फेरि उनी हराइन् ।

अर्थात्, चोरेको पैसाबाट पार पाउन उनले हेमलाई बलात्कारी करार गरिन् ।

हेम र उनका साथीहरुले कल्पनालाई केही रकम दिएर मुद्दा मिलाउन खोजेका थिए । तर, यसो गर्दा प्रहरीहरु कारवाहीमा पर्छन् । यसकारण सम्भव भएन । प्रहरीले नै यस्तो विषयमा कुरा गर्नका लागि जाहेरवालीलाई उपस्थित गराउन नसकिने भन्यो ।

यसबीच कोरोना संक्रमणका कारण देशभर लकडाउन शुरु भयो । प्रहरीले २५ दिन अनुसन्धान गरेपछि चैतको २५ गते मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा बुझायो ।

बलात्कार भन्नका लागि कल्पनाको जाहेरीबाहेक अरु कुनै प्रमाण छैन । तर,

लकडाउनमा अदालतमा यथेष्ट न्यायाधीश र बहस गरिदिने वकिल पनि भएनन् । त्यसमाथि यस्तो मुद्दामा रिस्क लियोस् कसले रु त्यसैले हेम पुर्पक्षका लागि थुनामा पठाइए । कल्पना कहाँ छिन्, केही पत्तो छैन ।

उनी अरु बेला ठमेल, दरबारमार्गका नाइट क्लबहरुमा निक्कै आवत–जावत गर्ने युवती हुन् । तर, अहिले त्यस्ता ठाउँ पनि ठप्प हुँदा उनी बेपत्ता छिन् ।

टिप्पणीहरू