पूर्वराजाका ‘भाञ्जा’ जेल चलान !

पूर्वराजाका ‘भाञ्जा’ जेल चलान !

पूर्वराजा ज्ञानेन्द्र शाहको भाञ्जाको भेषमा ठग्दै हिँडेको अभियोग लागेका अनुप सिंह कारागार चलान भएका छन् । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरले मागेको धरौटी रकम तिर्न नसकेपछि उनलाई थुनामा पठाइएको बताइन्छ । 

सिंहमाथि आफूलाई पूर्वराजा शाहको भाञ्जाको परिचय दिएर अमेरिका पठाउने प्रलोभनमा विभिन्न व्यक्तिबाट संगठितरुपमा करोडौँ ठगेको आरोप छ । उक्त मुद्दामा जिल्ला अदालतले आज १२ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी बुझाउन नसकेकाले सिंह नख्खु कारागार चलान भएका हुन् ।

यस प्रकरणमा सिंहसहित पक्राउ परेका सात जनाविरुद्ध मुद्दा चलेकोमा सचिन व्यञ्जनकार ६० हजार, राजकुमार केसी २५ हजार र अधिवक्ता दीपकराज खनाल एक लाख धरौटीमा छुटेका छन् ।

ठगीमा संलग्न रहेको आरोप लागेका गोरखाका रामचन्द्र खनाल, गुल्मी घर भएका किरण सिंह कार्की र अभिषेकराज खनाल फरार छन् ।

टिप्पणीहरू