सरकारी कोष मुद्दतीमा होइन, विकासमा परिचालन गरौं : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायतको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । उनले त्यस्तो रकम रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने धारणा राखेका छन् ।
नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ढकालले विशेषगरी पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, जलविद्युत र रोजगारी अभिवृद्धि हुने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए । ती सबै कोषको कुल रकममध्ये आधाभन्दा बढी बैंक तथा वित्तीय संस्थामा मुद्दती खातामा राखिएको देखिन्छ ।
टिप्पणीहरू