डेनमार्कमा चौथो डोजको तयारी

डेनमार्कमा चौथो डोजको तयारी

डेनमार्कले कोरोना भाइरसविरुद्ध खोपको चौथो डोज लगाउने तयारी गरेको छ । सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन आफ्ना नागरिकलाई आग्रह गरेको हो ।

सरकारी अधिकारीहरुले झण्डै २० लाख नागरिकलाई चौथो मात्रा लगाउने तयारी भइरहेको जनाएका छन् । सुरुमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने छ ।

प्रधानमन्त्री मेटे फ्रेडेरिक्सनले कोरोनाविरुद्ध लड्ने अर्को चरणको प्रयासअन्तर्गत पछिल्लो खोप अभियान सुरु गर्न लागेको जानकारी दिएकी छन् । उनका अनुसार कोरोना महामारीको उच्च जोखिममा परेको उमेर समूह र क्षेत्रका नागरिकलाई आगामी सातादेखि चौथो डोज खोप दिइनेछ ।

डेनमार्कमा अस्तिसम्म ३१ लाख ५५ हजार बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

टिप्पणीहरू