चुनाव प्रचारमा आयोग

चुनाव प्रचारमा आयोग

ललितपुरकी उम्मेदवार डा. तोसिमा कार्की बडो भाग्यमानी हुनुहुँदो रहेछ । निःशुल्क चुनाव प्रचार गर्न पाइरहनुभएको छ । उहाँको चुनाव प्रचार त स्वयं निर्वाचन आयोगले पो गरिरहेको छ । निर्वाचन आयोगले कुनै उम्मेदवारको चुनाव प्रचार गर्न पाइन्छ कि पाइँदैन ? 

सायद पाइँदैन होला । तर, पाइँदैन भने पनि डा. तोसिमा कार्कीको प्रचार भने राम्रै ढंगले गरियो । पहिला उम्मेदवारी खारेज गर्नुपर्छ भनेर खारेजै गरियो । उम्मेदवारी खारेजीको निर्णय हुनेबित्तिकै डा. कार्की चर्चामा आइहाल्नुभयो । 

त्यसपछि डा. कार्की अदालत जानुभयो । त्यहाँबाट सफाइ पाउनुभयो । फेरि चर्चा । उहाँलाई दिइएको सफाइविरुद्ध निर्वाचन आयोग पुनः अदालत गयो । फेरि अर्को चर्चा । अदालतले डा. कार्कीलाई दिइएको पुरानै सफाइ कायम गर भनेर फैसला गरिदियो । त्यसपछि त चर्चै चर्चा । कति चर्चा । पाँच पैसा खर्च गर्नु छैन, उहाँको पूरा प्रोफाइल मिडियामा आएको आयै छ ।

अस्तिसम्म गुमनाम रहनुभएका डा. कार्की अहिले एकाएक चर्चामा छ । निर्वाचन आयोगको निगाह प¥यो भने पनि उम्मेदवारहरूको रातारातै चर्चा हुने रहेछ । निर्वाचन आयोगलाई डा. तोसिमाले त धन्यवादै भन्नुभयो होला । कि कसो ? 
 

टिप्पणीहरू