माओवादीले इमान्दारिता छाडेको भन्दै राजनद्वारा स्वतन्त्र वामपन्थी घोषणा

माओवादीले इमान्दारिता छाडेको भन्दै राजनद्वारा स्वतन्त्र वामपन्थी घोषणा

नेकपा माओवादी केन्द्रसँग वितृष्णा जागेको भन्दै एकजना कार्यकर्ताले पार्टी परित्याग गरेर स्वतन्त्र वामपन्थी भएको घोषणा गरेका छन् । कालिकोटका धर्मराज रोकाया (राजन) ले जनयुद्धदेखि आवद्ध भएको माओवादी पार्टी छाडेको बताएका छन् । 

उनले हस्तलिखित प्रेस विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियापछि पनि निरन्तर क्रान्तिको पक्षमा रहेको अवगत गराउँदै पार्टीमा इमान्दारिता नदेखिएपछि परित्याग गरेको उल्लेख गरेका हुन् । विज्ञिप्तिमा भनिएको छ, ‘कम्युनिष्ट पार्टीहरुमा इमान्दारिता र सच्चा क्रान्तिकारीपन नभएको अनुभूति भएकाले आजका मितिबाट म कुनै पार्टीमा आवद्ध नभई स्वतन्त्र वामपन्थी भएको व्यहोरा जानकारी गराउँदछु ।’

टिप्पणीहरू