माओवादीले निर्वाचन आयोगभित्रै चुनाव बहिष्कार सभा गर्ने

माओवादीले निर्वाचन आयोगभित्रै चुनाव बहिष्कार सभा गर्ने

निर्वाचन बहिष्कारको घोषणा गर्दै आएका विभिन्न वामपन्थी दलहरुले चुनाव बिथोल्ने चेतावनी दिँदै आएका छन् । सोही क्रममा नेकपा (क्रान्तिकारी माओवादी) ले आज निर्वाचन आयोग हाताभित्रै विरोध कार्यक्रम गर्न लागेको बताएको छ ।

पार्टी निकट जनवर्गीय संगठन तथा मोर्चाहरुले निर्वाचन बहिष्कार सभा गर्न लागेका हुन्  । उनीहरुले आज मध्यान्ह आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन, रामशाहपथमा विरोध कार्यक्रम गर्ने घोषणा गरेका छन् । 

यता गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको छ । भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोध गर्दै नेपाल बन्दको घोषणा गरिएको बताइएको छ ।

टिप्पणीहरू