डडेल्धुरामा प्रधानमन्त्रीले, बालुवाटारमा एमालेले पैसा बाँडेको आरोप

डडेल्धुरामा प्रधानमन्त्रीले, बालुवाटारमा एमालेले पैसा बाँडेको आरोप

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले मौन अवधिको उल्लंघ गर्नुभएको आरोप लागेको छ । हाल उहाँ स्थानीय अमरगढी नगरपालिका ८ मा बस्नुभएको छ । 

त्यहाँको रातो गुराँस रिसोर्ट परिसरमा हिजो बिहामन मतदाताको भीड भएको थियो । भीडको रिपोर्टिङ गर्न त्यहाँ पुगेका पत्रकारलाई रोक लगाइएको थियो । तर, सुरक्षा घेराभित्र मतदातालाई पालैपालो भित्र जान दिइएपछि आशंका बढेको बताइन्छ ।

मतदाताले प्रधानमन्त्री तथा काँग्रेस उम्मेदवारलाई मौन अवधिमा गोप्य रुपमा भेटेपछि विभिन्न प्रलोभन दिइएको आरोप लागेको हो । प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्केकाले गच्छेअनुसार पाँच हजार, १० हजार र कसै कसैले २० हजार रुपैयाँ लिएर आएको बताएका हुन् ।

प्रधानमन्त्रीलाई भेटेर फर्किएका एक जनालाई उद्धृत गर्दै जनआस्था संवाददाताले भने, ‘मेरो साथीको बाले २० हजार लिएर आएछन् । ५ हजारदेखि ५० हजारसम्म बुझेको बताइन्छ ।’

यता काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेश सभा सदस्यमा उम्मेदवार रहेका दीपक निरौलाले स्थानीय मतदातलाई पैसा बाँडेको आरोप लागेको छ । सोही आरोपमा प्रहरीले हिजो निरौला र प्रदीप डंगोललाई पाँच घण्टा नियन्त्रणमा राखेको प्रहरीको दाबी छ । 

राति नेपाली काँग्रेसका स्थानीय नेता राजु खड्काको रोहबरमा मध्यरातमा निरौला र डंगोललाई छाडिएको हो । सोही विषयमा सो क्षेत्रका मतदाता, एमाले तथा काँग्रेस कार्यकर्ताले सामाजिक सञ्जालमा जुहारी खेलेका छन् । एमाले समर्थितहरुले सत्ताको दुरुपयोगमा आफूहरुको चरित्र हत्या गरेकाले राजनीतिक रुपमा बदला लिने चेतावनी दिएका छन् ।

नेपाली काँग्रेस महानगरपालिका ४ नम्बर वडाको फेसबुक पेजमा लेखिएको छ, ‘५ घण्टा हिरासतमा त्यत्तिकै राख्ने काम गर्दैन, झुट नबोलौं ।’

टिप्पणीहरू