सोलखुम्बुमा मतदान अधिकृतको निधन

सोलखुम्बुमा मतदान अधिकृतको निधन

भोलि हुने निर्वाचनको लागि सोलखुम्बुमा खटिएका मतदान अधिकृतको ज्यान गएको छ ।  

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको निधन भएको प्रहरीले बताएको छ । ५६ वर्षीय बिल्टु रायको ज्यान गएको हो । 

उनी आज बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी सुनीलजंग शाहले जानकारी दिए । सर्लाही हरिपुर्वा नगरपालिका ५ घर भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । 

उनले लामो समयदेखि सुगर र मुटु सम्बन्धी रोगको औषधि प्रयोग गर्दै आएको खुलेको छ । उता धनकुटामा पनि मतदानमा खटिएकी एक जना महिला कर्मचारीको मृत्यु भएको छ ।

टिप्पणीहरू