लमजुङमा १६ प्रतिशत महिला मतदान अधिकृत

लमजुङमा १६ प्रतिशत महिला मतदान अधिकृत

भोलि हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा लमजुङका ३० वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएका छन्  ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले अधिकृत छैटौँ तहदेखि उपसचिवस्तरका निजामती कर्मचारी र मावि द्वितीय र तृतीय श्रेणीका शिक्षकलाई मतदान अधिकृतमा खटाइएको बताएको छ । 

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार सहायक मतदान अधिकृतमा नायव सुब्बादेखि अधिकृत तहका कर्मचारी र शिक्षकलाई खटाइएको छ ।

५८ जना महिला सहायक मतदान अधिकृत छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको अस्थायी मतदान केन्द्रसहित लमजुङमा १ सय ८८ वटा मतदान केन्द्र छन् । 

महिला मतदान अधिकृत र सहायक मतदान अधिकृत महिलालाई सदरमुकाम बेंसीसहर र वरपर बढी खटाइएको छ । त्यसमध्ये पनि नगरपालिकाका मतदान केन्द्रमा खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू