निर्वाचन आयुक्तसहित सुरक्षा अधिकारीहरुको टोली दोलखामा

निर्वाचन आयुक्तसहित सुरक्षा अधिकारीहरुको टोली दोलखामा

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित दुई जना सचिव र प्रहरी तथा सशस्त्र प्रहरी महानिरीक्षकहरु रहेको टोली सेनाको हेलिकप्टरमा दोलखा पुगेको छ । 

काठमाडौंबाट बिहान सवा १० बजे उडेको सेनाको एनए ०५४ कल साइन भएको एलएच हेलिकप्टरमा आयुक्त भण्डारीसहित गृह सचिव विनोद प्रकाश सिंह, आयोगका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित पाँच जनाको टोली निर्वाचन सुरक्षा प्रयोजनको निम्ति त्यता गएको बताइन्छ । 

हेलिकप्टर काठमाडौंबाट चरिकोट ब्यारेकमा उत्रेको छ । त्यसपछि रामेछाप, धुलिखेल  हुदै काठमाडौं फर्कने गौचरणस्थित विमानस्थल कार्यालयले जनाएको छ ।

टिप्पणीहरू