निर्वाचन आयोग पुगेका माओवादी कार्यकर्ता समातिए

निर्वाचन आयोग पुगेका माओवादी कार्यकर्ता समातिए

निर्वाचन बहिष्कारको नाममा विरोध कार्यक्रम गर्दै निर्वाचन आयोग नजिकै पुगेका मोहन वैद्य ‘किरण’ नेतृत्वको (क्रान्तिकारी माओवादी) का नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुले आयोगको सामुन्ने निर्वाचन बहिष्कार तथा विरोध कार्यक्रमको आयोजना गरेका हुन् ।

सो पार्टी निकट जनवर्गीय संगठन/मोर्चाहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, ट्रेड युनियनका महासचिव बसन्त बोगटीलगायत आधा दर्जनलाई प्रहरीले समातेको हो । 

उनीहरुले नाराबाजी गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू