२ हजार दिएका सूर्य थापालाई निर्वाचन आयोगको पत्र

२ हजार दिएका सूर्य थापालाई निर्वाचन आयोगको पत्र

निर्वाचन आयोगले एमाले उम्मेदवार सूर्य थापालाई स्पष्टिकरण पत्र बुझाएको छ । प्यूठानबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका एमालेका सूर्य थापालाई स्थानीय एक जनालाई दुई हजार रुपैयाँ दिएर चुनावी प्रचार गराएको अभियोगमा स्पष्टिकरण सोधिएको हो ।

सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई थापाले दुई हजार रुपैयाँ दिएर निर्वाचन प्रचार प्रसारमा सहभागी गराएको भिडियो भाइरल बनेको छ । सोहीबारेमा थापालाई स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ ।

टिप्पणीहरू