प्रचण्डको उम्मेदवारी गोरखामा, मतदान भरतपुरमा

प्रचण्डको उम्मेदवारी गोरखामा, मतदान भरतपुरमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो भरतपुर पुग्नुभएको छ । उहाँ बुद्ध एअरको उडानमा काठमाडौंबाट आज दिउँसो ४ बजे चितवन  जानुभएको बताइएको छ ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका प्रचण्डले भोलि मतदान भरतपुरबाट गर्नुहुनेछ । मतदानपछि उहाँ गोरखाको आफ्नो निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको माओवादी केन्द्र स्रोतले बताएको छ ।

टिप्पणीहरू