विपी काँग्रेसका पौडेलले पार्टीसँगै उम्मेदवारी छाडे

विपी काँग्रेसका पौडेलले पार्टीसँगै उम्मेदवारी छाडे

मनोनयन दर्ताको समयमा सत्ता गठबन्धन टोलीले हस्तक्षेप गरेको भन्दै आक्रोश पोखेका नेपाली काँग्रेस विपीका एक जना जिल्ला नेताले पार्टी परित्याग गरेका छन् । लमजुङ विपी काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार तथा पार्टी केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडलले बेसिसहरमा पत्रकार सम्मेलन गरेर आफुले सो पार्टी परित्याग गरि उम्मेदवारी समेत फिर्ता लिएको घोषणा गरेका हुन् ।

नेपाली काँङ्ग्रेसका जिल्ला सभापति टकराज गुरुङले पार्टी सभापति तथा प्रधानमन्त्री देउवा निवासमा पुर्याएर राजदूतसम्मको आश्वसन दिइएपछि अन्तिम अवस्थामा धोका दिएको विपी काँग्रेसका नेताहरुले बताएका छन् । ‘अवसरवादीले उम्मेदवारी फिर्ता लिए पनि पौडेलको कुरालाई आधिकारिक नमान्न,’ विपी काँङ्ग्रेस लमजुङका सभापति तेजनारायण अधिकारीले मतदातालाई आग्रह गरेका छन् । तर पौडेलले नेपाली काँग्रेस विपीमा रहेका सबैलाई गठबन्धनतर्फका प्रतिनिधि सभाका उमेदवार देवप्रसाद गुरुङलाई अत्यधिक बहुमतले जिताउन अपिल गरेका छन् । 

नेपाली काँग्रेस विपी लमजुङले सत्ता गठबन्धन दलका उम्मेदवारलाई बहिष्कार गरेको घोषणा गरेको छ । 

बेंसीसहरमा पत्रकार भेटघाट गरेर आफ्नो मूल्य र मान्यताविपरितका दलसँग सत्ता प्राप्तीका लागि काँग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको भन्दै काँग्रेस विपीले गठबन्धमा सहभागी नभएको स्पष्ट पारेको छ । नेपाली काँग्रेस विपीको तर्फबाट टिकट लिएर उमेदवारी दर्ता गराएकोमा व्यक्तिगत स्वार्थका लागि उमेदवारले उम्मेदवारी फिर्ता गरे पनि त्यो कानुनी रुपमा फिर्ता नभएको बताइएको छ । फिर्ताको समयसीमा नाघेको हुँदा दलको करुवा चिन्हको उमेदवारी कायम रहेको विपी काँग्रेसले जनाएको छ । 

मनोनयन दर्ताको हप्ता दिन नपुग्दै लमजुङ (क) बाट उम्मेदवारी दर्ता गरेकी सुनिता गुरुङले पनि फिर्ता लिएकी थिइन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मीप्रसाद पौडेलले अस्ति घोषणा गरेका हुन् । लमजुङ (ख) बाट उम्मेदवारी दिएका राप्रपाका नवराज बसौलाले भने आजका दिनसम्म विपीको साख जोगाएको देखिन्छ ।

अञ्जन कुमार ।

टिप्पणीहरू