दोलखामा हवाई फायर, मतदान स्थगित

दोलखामा हवाई फायर, मतदान स्थगित

दोलखाको तामाकोशी गाउँपालिका–२ स्थित अमर माध्यमिक विद्यालयमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । प्रदेश सभातर्फको मतपत्रमा नेकपा एकीकृत समाजवादी पार्टीको ‘कलम’ चुनाव चिन्ह नभएको भन्दै विवाद उत्पन्न भएको थियो । 

विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको बताइन्छ । हाल मतदान कार्य स्थगित भएको छ ।

टिप्पणीहरू