झापाका केही मतपत्रमा न रुख,न सूर्य !

झापाको एउटा मतदान केन्द्रमा रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि मतदान रोकिएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान अवरुद्ध भएको छ । स्रोतका अनुसार मतपत्र साटिएको थाहा पाएपछि  मतदान रोकिएको हो ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालका अनुसार प्रतिनिधि सभाको मतपत्रको ठाउँमा प्रदेश सभाको मतपत्र परेकाले समस्या देखिएको हो । तर अहिले समाधान भएको उनले बताए ।

टिप्पणीहरू