निर्वाचन सकिने बेला दुबई हुँदै आइपुगे जापानी राज्यमन्त्री
जापानको विदेश मामिलासम्बन्धी राज्यमन्त्री मतदानको दिन दिउँसो नेपाल आइपुगेका छन् । राज्यमन्त्री सुनसुके तकेल पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो काठमाडौं आइपुगेका हुन् ।
उनी फ्लाई दुबईको उडानमा टोकियोबाट आएको बताइन्छ । काठमाडौंस्थित जापानी दूतावासले दिएको जानकारीअनुसार उनले आज राजधानी काठमाडौंका विभिन्न मतदान केन्द्रको अवलोकन गर्नेछन् ।
सोही क्रममा नेपाली उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
टिप्पणीहरू