मतदान मुश्किलले ५० प्रतिशत नाघ्ने
गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान भएको बताउनुभएको छ । उहाँले केही बेरअघि राजधानीका विभिन्न मतदानस्थल र मतदान केन्द्रको अवलोकन गरेपछि उक्त कुरा उल्लेख गर्नुभएको हो ।
मनाङमा ७० प्रतिशत बढी मतदान भए पनि घनत्व बढी भएका जिल्लामा न्यून संख्यामा मतदान भएकाले मुश्किलले ५० प्रतिशत नाघ्ने आकलन गरिएको छ । सचिव सिंहसहित प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले आज काठमाडौं,भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रको स्थलगत अवलोकन गरेको थियो ।
टिप्पणीहरू