सल्यानमा नेकपा (एस) का प्रकाश ज्वाला भारी मतान्तरले विजयी

सल्यानमा नेकपा (एस) का प्रकाश ज्वाला भारी मतान्तरले विजयी

सल्यानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला विजयी भएका छन् । ज्वालाले ३५ हजार ७०० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् । एमालेका राजेन्द्रवीर राईले १३ हजार २९ भोट प्राप्त गरेर तेस्रो स्थान सुरक्षित गरेका छन् ।

सल्यानको प्रदेश सभा (क) तर्फ नेकपा माओवादी केन्द्रका भीमप्रकाश शर्माले २२ हजार २४३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेका कुलबहादुर गिरीलाई १४ हजार २२५ मतमा रोकेका छन् ।

त्यस्तै प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका सुरेश अधिकारीले २० हजार ४०८ मत ल्याएका छन् । उनी एमालेका गुलाब जंग शाहलाई १६ हजार ६२८ मतमा रोकेर विजयी भएका हुन् ।

टिप्पणीहरू