‘र’को टोली हिजो बल्ल चितवनबाट चलान

‘र’को टोली हिजो बल्ल चितवनबाट चलान

नेपालको चुनावी घम्साघम्सीबीच भारतीय जासुसी संयन्त्र ‘रअ’ को राम्रै सल्बलाहट चल्दैछ । उनीहरूको विशेष टोलीले कात्तिक २४ गतेदेखि द्वारिकाज र म्यारियट होटलमा बसेर थालेको चलखेल वीरगञ्ज हुँदै हिजो चितवनबाट टुंगिएको छ । विनोद चौधरी र उमेश श्रेष्ठको निम्ति तीन दिनसम्म भरतपुरलाई केन्द्र बनाएको आर.कुमारको टोली हिजो दिउँसो स्थलमार्गबाट नयाँदिल्लीतर्फ लागेको बुझिएको छ । 

अचम्म के छ भने, पछिल्लो समय काठमाडौं महानगरका प्रमुख बालेन साहमाथि ‘रअ’ को निक्कै गहिरो घेराबन्दी छ । कांग्रेस महामन्त्री गगन थापाको कानुनी सल्लाहकार र ‘रअ’ सँग बाक्लै उठबस भएका उही व्यक्ति छन्, जो नेपालको सुरक्षा, अर्थ र अन्य विवरणहरू बटुल्नमा सक्रिय छन् । 

, तराईका कतिपय उम्मेदवारमाथि लगानीसमेत गरेको उसले केही उम्मेदवार र दलहरूको निगरानीका लागि अलग्गै संयन्त्र परिचालित ग¥यो । तराई–मधेसमा आफूले चलाउन सक्ने उम्मेदवारले जितुन् भन्ने उसको चिन्ता हो । वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासभन्दा झण्डै तीन किलोमिटर पर एउटा निजी आलिसान महल छ, टोलीका केही सदस्य गत हप्ता त्यहीँ बसे । त्यहाँ पहिल्यैदेखि शैलेन्द्र कुमारको टोली छ । काठमाडौंका स्टेशन प्रमुख राघव भट्नागरको अलग्गै घर भएजस्तो वीरगञ्जमा पनि ‘र’को निजी वासस्थान छ ।

२९ गते चितवन पुगेका उनीहरूले उद्योगपति विनोद चौधरीको विजय यात्राबारे चासो दिएको स्रोतले जनाएको छ । त्यसैले शुरुमा चौधरीको पश्चिम नवलपरासीमा ध्यान दिएका थिए । त्यससँगै भारतीय गृहमन्त्री अमित साहको पिए रहिसकेका र पाल्पाबाट कांग्रेसको समानुपातिकमा परेका सन्दिप रानाको निम्ति पनि उनीहरू चिन्तित थिए भनिन्छ ।
 

टिप्पणीहरू