अमेरिकी प्रतिवेदन पक्षपाती भएको भारतको आरोप

अमेरिकी प्रतिवेदन पक्षपाती भएको भारतको आरोप

भारतले अमेरिकी सरकारी निकायले तयार गरेको एउटा प्रतिवेदन पक्षपाती भएको आरोप लगाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी आयोगले जानाजानी भारतको बारेमा कुप्रचार गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका लागि अमेरिकी आयोग (युएससीआईआरएफ)ले भारतमा धार्मिक स्वतन्त्रता र मानवअधिकार संरक्षणको बारेमा चिन्ता व्यक्त गरेको पछिल्लो प्रतिवेदनप्रति भारतले चासो राखेको हो । प्रवक्ताले भनेका छन्, ‘अमेरिकी आयोगको प्रतिवेदन ‘पक्षपाती’ र ‘गल्तीले भरिएको’ छ ।’

प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले उक्त प्रतिवेदनलाई पक्षपाती र त्रुटिपूर्ण ठानेको छ । युएससीआईआरएफले विगतमा पनि भारतलाई गलत रूपमा प्रस्तुत गरेको थियो । अमेरिकी आयोगले भारतको बारेमा जानाजान कुप्रचार गरिरहेको उनले आरोप लगाए ।

टिप्पणीहरू