सुवासले जित्नुअघि इलाममा भूकम्प

सुवासले जित्नुअघि इलाममा भूकम्प

इलामको बिप्ल्याँटे बजार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो साँझ ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

यता एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको आज बिहान घोषणा गरिएको छ । उहाँले काँग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गर्नुभयो ।

 
इलाम २ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएका नेम्वाङले ३० हजार २० मत ल्याउनुभएको छ । प्रतिस्पर्धी खड्काले २९ हजार ९०६ मत पाएको बताइन्छ । उहाँहरुबीचको मतान्तर ११६  छ ।

टिप्पणीहरू