मधेशमा भोलि बिदा

मधेशमा भोलि बिदा

मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । विवाह पञ्चमीका अवसरमा मधेश प्रदेशभर भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । 

‘विवाह पञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले मंसिर १२ गते सार्वजनिक बिदासमेत दिएको जानकारी गराउँदछु’, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचनामा भनिएको छ । 

सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा विगतमा झैँ यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सवको आयोजना गरिएको छ ।

टिप्पणीहरू