रघुवीर महासेठलाई पछि पार्दै महेन्द्र यादव अघि बढे

रघुवीर महासेठलाई पछि पार्दै महेन्द्र यादव अघि बढे

प्रतिनिधि सभाअन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली काँग्रेसले फेरि अग्रता लिएको छ । प्राप्त पछिल्लो मतपरिणाममा नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेकपा एमालेका सचिव रघुवीर महासेठलाई ७ सय २२ मतले पछि पारेका छन् ।

यादवले २७ हजार ४ सय २३ मत प्राप्त गरेका छन् । महासेठले २६ हजार ७ सय १ मत पाएको बताइएको छ । धनुषाका अन्य तीन वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।  हिजो साँझ झिनो मतान्तरले महासेठले अग्रता लिएका थिए ।

टिप्पणीहरू