७ राजनीतिक दल पक्का,एकीकृत समाजवादी थोरै मतले पछाडि

७ राजनीतिक दल पक्का,एकीकृत समाजवादी थोरै मतले पछाडि

संघीय संसदको समानुपातिकतर्फ मतगणनामा सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन् । नेकपा एकीकृत समाजवादी थोरै मतले पछाडि रहँदै थ्रेस होल्डको निम्ति तोकिएको ३ प्रतिशत छेउछाउसम्म पुगेको छ । 

आज बिहान पौने ९ बजेसम्मको परिणामअनुसार एमालेले २७ दशमलव ०९ प्रतिशत अर्थात २५ लाख ८४ हजार १९२ मत ल्याएको छ । नेपाली काँग्रेसले २५ दशमलव ६८ अर्थात् २४ लाख ५२ हजार ८३ मत प्राप्त गरेको छ । 

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ दशमलव ५७ प्रतिशतसहित ११ लाख ६४७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ दशमलव २८ प्रतिशतले हुन आउने १० लाख ७१ हजार २५९ मत ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ दशमलव ७९ प्रतिशतसहित ५ लाख ५१ हजार १०७, जसपाले ३ दशमलव ६० प्रतिशतको ३ लाख ५७ हजार ४६४ र जनमत पार्टीले ३ प्रतिशत अर्थात २ लाख ९९ हजार ७८३ मत पाएको देखिन्छ । 

नेकपा एकीकृत समाजवादीले २ लाख ६४ हजार ४७२ अर्थात २ दशमलव ७७ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

टिप्पणीहरू