‘महिला हिंसालाई बहिष्कार गरौं’ भन्दै राजधानीमा र्याली

‘महिला हिंसालाई बहिष्कार गरौं’ भन्दै राजधानीमा र्याली

अन्तर्राष्ट्रिय महिला मानव अधिकार रक्षक दिवसको अवसरमा आज र्याली निकालिएको छ । 

महिला अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा राजधानीको माइतीघर मण्डलाबाट र्याली निकालिएको हो । 

सञ्जालको सदस्य डा.रेणु अधिकारीसहित झण्डै एक सयले र्यालीमा सहभागिता जनाएका थिए । र्यालीले काठमाडौंको विभिन्न स्थान परिक्रमा गर्ने बताइएको छ । 

सहभागीहरुले ‘दण्डहीनताको अन्त्य गर’, ‘महिलाको शरीरलाई नियन्त्रण गर्न बन्द गर’, ‘महिला हिंसालाई बहिष्कार गरौं’,‘महिला मानव अधिकार रक्षक जिन्दावाद’,‘मेरो गतिशीलता, मेरो अधिकार’, लगायतका प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू