माइतीघरमा अनसन बसेका सुकुम्बासी थापाथली पुगे

माइतीघरमा अनसन बसेका सुकुम्बासी थापाथली पुगे

काठमाडौंको माइतीघर मण्डलामा अनसन बसेका सुकुम्बासी बस्तीका स्थानीय आज थापाथली पुगेका छन् । उनीहरुले आजबाट थापाथलीमा अनसन थालेका छन् । 

पछिल्लो १८ वर्षदेखि बागमती किनारमा टहरा हालेर बसेका उनीहरुले राज्यद्वारा पटकपटक गरिएको आतंक रोक्न माग गरेका छन् । अनसनको नेतृत्व दलमर्दन कामीले गरेका छन् । 

उनीहरुले सुकुम्बासी बस्ती हटाउन राज्यद्वारा पटक पटक आक्रमण गरिनु र डोजर लगाउनु सुकुम्बासीमाथिको घोर अन्याय र अत्याचार भएको बताएका छन् । सुकुम्बासी र भूमिहीन गरिबमाथि बारम्बार गरिने आतंक बन्द गर्न र स्थायी बसोबासको तत्काल व्यवस्थाको माग गरिएको छ ।

टिप्पणीहरू