बजेटसमेत गैसक्यो तर कार्यान्वयन शून्य,बल्ल ताकेता

बजेटसमेत गैसक्यो तर कार्यान्वयन शून्य,बल्ल ताकेता

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका क्रियाकलाप कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेको छ । 

‘विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम र सूचना प्रविधियुक्त प्रयोगशाला तथा पुस्तकालय स्थापनाका लागि अनुदान कार्यक्रमअन्तर्गत आइसिटी ल्याबको कार्यक्रम प्राप्त गर्ने विद्यालयहरुको विस्तृत विवरण केन्द्रको वेबसाइटमार्फत सार्वजनिक भइसकेको अवगत नै छ ’ केन्द्रद्वारा सबै स्थानीय तहलाई पठाइएको पत्रमा भनिएको छ । 

सोही सम्बन्धमा तोकिएबमोजिमको कार्यक्रम सञ्चालन गर्न स्थानीय तहले बजेटसमेत पठाएकाले कार्यक्रम कार्यान्वयन गर्न केन्द्रले अनुरोध गरेको छ ।

टिप्पणीहरू