ज्यान रक्षा गरिपाऊँ भन्दै जस्मिनको हारगुहार

ज्यान रक्षा गरिपाऊँ भन्दै जस्मिनको हारगुहार

महिला अधिकार क्षेत्रमा क्रियाशील युवा अभियन्ता जस्मिन ओझाले बिनु यादवलाई न्यायिक लडाइँमा सहयोग गर्दा आफ्नो ज्यानमाथि खतरा बढेको भन्दै राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन् । 

रामेछाप मन्थली १ मा घर भई गर्नेप्रदीप कठायतमाथि आफूलाई शंका लागेको भन्दै उनले आफ्नो ज्यानको सुरक्षा मागेकी हुन् । 

काठ्माडौँको मैतिदेवीमा बसोबास गर्ने ओझाले मिसन स्माइल नेपाल संस्थामार्फत विभिन्न हिंसामा परेका पीडितहरुलाई कानुनीदेखि परामर्श समेत दिँदै आइरहेकी छन् । 

तर पछिल्लो समय योजना बनाई डर,धम्की दिइरहेको र केही दिनयता बालकोटको सुनसान गल्लीमा ढुंगा प्रहार भई शारीरिक हमलासमेत भएको भन्दै उनले आयोगमा निवेदन दिएकी छन् ।  साथै,उनले आफूलाई घरबाट बाहिर निस्कनसमेत असुरक्षित महसुस भइरहेको जनाएकी छन् ।

टिप्पणीहरू