दुलाहा रिक्सामा,सांसद चालकको सीटमा

दुलाहा रिक्सामा,सांसद  चालकको सीटमा

सवारी साधनले प्रदुषण फैलाएको भन्दै राजधानी काठमाडौंमा दुलाहा रिक्सामा अन्मिएका छन् । सम्पदा एवम् सामाजिक अभियन्ता गणपतिलाल रिक्सामा दुलही लिन गएका हुन् ।

दुलाहा चढेको रिक्सा काठमाण्डौ-८ बाट नवनिर्वाचित सांसद विराजभक्त श्रेष्ठले चलाएका थिए । उनले सामाजिक सञ्जालमा भिडियो हालेर आफैंले रिक्सा चलाएको जानकारी दिएका छन् । 

विराज हालैको निर्वाचनमा घण्टी चिन्ह लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विजयी सांसद हुन् ।

सम्पदा एवम् सामाजिक अभियन्ता प्रिय भाइ गणपति लाल श्रेष्ठलाई वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना।🙏
साथै वातावरण मैत्री जन्तिको सवारीसाधनको चालक म। :) #environmentfriendlyvehicle pic.twitter.com/zC1Zos7QaO

— Biraj Bhakta Shrestha (@Himalayabiraj) December 9, 2022

टिप्पणीहरू