र्यापर मेयर पशुपतिको भजनमा

र्यापर मेयर पशुपतिको भजनमा

काठमाडौं महानगरपालिकाले भजन गाउँदै महानगर दिवस मनाएको छ । हिजो साँझ पशुपतिनाथ मन्दिर नजिकै महानगर दिवस २०७९ को अवसरमा भजनको आयोजना गरिएको थियो । 

पशुपतिको पश्चिमद्वार नजिकै ‘दबु भजन’ को आयोजना गरिएको कामपा ८ ले जनाएको छ । महानगरको पर्यटन विभागले आयोजना गरेको कार्यक्रम ८ नम्बर वडाध्यक्ष आसमान संगतको अध्यक्षतामा भएको हो । 

कार्यक्रममा मेयर बालेन्द्र साह,उपमेयर सुनिता डंगोल,विभिन्न वडाका अध्यक्षलगायत झण्डै दुई सय जनाको सहभागिता थियो ।

टिप्पणीहरू