बालुवाटारमा महन्थ,कोटेश्वरमा अर्जुननरसिंह

बालुवाटारमा महन्थ,कोटेश्वरमा अर्जुननरसिंह

निर्वाचनको अन्तिम परिणाम आउनुअघि राजनीतिक दलका शीर्ष नेताहरुबीचको भेटवार्ताले गति लिएको छ । सोही क्रममा हिजो बालुवाटारस्थित प्रधानमन्त्री निवासमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पुगेका थिए ।

हिजै बिहान लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच पनि कुराकानी गएको थियो । उहाँहरुबीच महतो निवास पुरानो बानेश्वर,भीमसेनगोलामा भेटवार्ता भएको हो ।

उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्न काँग्रेस नेता तथा हालै निर्वाचित सांसद अर्जुननरसिंह केसी नेपाल निवास पुग्नुभएको छ । 

केसीले यसबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरिसक्नुभएको छ ।

राजनीतिक भेटघाटको क्रम खुमलटारस्थित दाहाल निवासमा पनि बाक्लै हुने गरेको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रका नेता रामेश्वर राय यादवबीच हिजो बिहान झण्डै एक घण्टा कुराकानी भएको बताइन्छ ।

टिप्पणीहरू