प्रदुषण जाँचपास नगर्ने गाडीलाई ५ हजारदेखि लाखसम्म तिराइँदै
वन तथा वातावरण विभागले गाडीको प्रदुषण जाँचपासमा कडाइ गर्ने भएको छ ।
आज काठमाडौँको बबरमहलस्थित गाडीको प्रदुषण जाँचपास गर्दै प्रदूषण मर्मत नगराउने गाडीलाई जरिवाना तिराउन थालिएको बताइएको छ ।
हालसम्म प्रदुषण फेल भएका गाडीलाई ५ हजारदेखि प्रदुषणको स्थिति हेरेर जरिवाना तिराउने गरिएको विभागकी एक अधिकृतले बताइन् ।
उनले भनिन्,‘विभागले यसअघि पनि प्रदुषण चेकजाँच गर्दै आएको थियो तर आजदेखि थप कडाइ गर्दै प्रदुषण जाँचपास नगर्ने गाडीलाई ५ हजारदेखि एक लाखसम्म जरिवाना तिराउने भएको हो ।’
वातावरण विभागले यसअघि पनि छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदुषण फयाँक्ने गाडी पाएकाले सूचना जारी गर्दै गाडीको प्रदुषण जाँचपास गर्न निर्देशन दिएको थियो ।
टिप्पणीहरू