चीनले राप्रपासमक्ष राख्यो सरकार गठनसम्बन्धी चासो

नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्ग्देनलाई भेटेका छन् । 

बालुवाटार,बालकोट र खुमलटार पुगिरहने चिनियाँ कूटनीतिज्ञ हिजो दिउँसो राप्रपा अध्यक्षलाई भेट्न धुम्बाराही पुगेका हुन् । धुम्बाराहीस्थित राप्रपा मुख्यालयमा कार्यवाहक राजदूत वाङ सिन र अध्यक्ष लिङ्देनबीच अपरान्हतिर झण्डै पौने घण्टा छलफल भएको बताइएको छ । 

नेपालमा वामपन्थी एकताका लागि चिनियाँ चासो बढेको चर्चाका बीच पूर्वपन्चहरुको पार्टी राप्रपाका अध्यक्षसँग राजदूतको भेटघाटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । 

भेटका क्रममा राजदूत वाङसिनले चुनावमा राप्रपाले पाएको सफलताप्रति बधाई दिँदै नयाँ सरकार गठनका विषयमा चासो राखेको बुझिएको छ ।
 

टिप्पणीहरू