निर्वाचन आयोगको टोली प्रतिवेदन बुझाउन सातै प्रदेशमा जाने

निर्वाचन आयोगको टोली प्रतिवेदन बुझाउन सातै प्रदेशमा जाने

निर्वाचन आयोगले सातै प्रदेशका प्रमुखलाई एकै दिन प्रदेशसभाको निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउने भएको छ । आगामी सोमबार आयोगका पदाधिकारीहरुले सम्बन्धित प्रदेशका प्रमुखलाई भेटेर प्रतिवेदन बुझाउने तयारी छ ।   

आयोगका अनुसार प्रतिवेदन बुझाउन आयुक्तहरु बाँडिएर जानेछन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ को चुनावी परिणाम पेश गर्ने तय भएको छ । सोमबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको आयोगले बताएको छ । 

आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको परिणामसहितको प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बुझाउन प्रमुख आयुक्त थपलियासहितका पदाधिकारी पुगेका थिए । 

बिहीबार नै उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि छुट्टाछुट्टै भेटेर थपलियासहितको टोलीले प्रतिवेदन बुझाएको थियो ।

टिप्पणीहरू