आफू बोलेको बोल्यै,अरुलाई बोल्न बन्देज

आफू बोलेको बोल्यै,अरुलाई बोल्न बन्देज

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई ‘सञ्चारमाध्यम र सामाजिक सञ्जाल’मा बोल्न प्रतिबन्ध लगाएको छ । नवनिर्वाचित सांसदहरूले ‘सार्वजनिक खपतका लागि जथाभावी बोल्दै हिँडेपछि’ थप अंकुश लगाउन बाध्य भएको सो पार्टीका महामन्त्री मुकुल ढकालले जनाएका छन् ।

वैचारिक दृष्टिकोणमा रुमल्लिएका ‘घन्टी’का सांसद,पदाधिकारी र सदस्यहरूले सार्वजनिक मञ्चमा अनेकाैँ व्यक्तिगत मत राख्दै आएका छन्। मिडियामा गएर नबोल्नु भनिएको छ । सपथ नलिएसम्म नबोल्ने रे ! रवि दाइको सन्देश भन्दै महामन्त्रीज्यूले अफिसमै बोलाएर उर्दी दिनुभयो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना सांसदले भने ।

‘पार्टीले कुनै स्पष्ट दृष्टिकोण दिएको छैन । हामी नयाँ सांसदहरूलाई प्रशिक्षित पनि गरेको छैन । अनि कसरी एउटै आवाज बोल्न सकिन्छ ? यसो गर, त्यसो नगर भन्नुपर्‍यो ! नत्र के—को प्रतिबन्ध ? ’ एकजना सांसदले भनिन् ।

 

मिडियामा अन्तर्वार्ता दिँदा मनलाग्दी विचार प्रवाह गरेपछि सांसदहरूलाई प्रतिवन्ध लगाइएको एक पदाधिकारीले पुष्टि गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरूबीच सार्वजनिक ‘बोलीमा एकमत’ नहुँदा  सामाजिक सञ्जालमा वादविवाद भइरहेको छ।

‘पार्टीले कुनै स्पष्ट दृष्टिकोण दिएको छैन । हामी नयाँ सांसदहरूलाई प्रशिक्षित पनि गरेको छैन । अनि कसरी एउटै आवाज बोल्न सकिन्छ ? यसो गर, त्यसो नगर भन्नुपर्‍यो ! नत्र के—को प्रतिबन्ध ? ’ पार्टीकै एकजना सांसदले भनिन् ।

स्रोतका अनुसार प्रवक्तासमेत रहेका महामन्त्री ढकाललाई मात्रै पार्टीको नीति—सिद्धान्तबारे मिडियामा बोल्न भनिएको छ । तर अन्य सांसद,पदाधिकारी र सदस्यलाई पार्टी प्रवक्ताको अनुमतिबेगर नबोल्न उर्दी  छ।

‘जनताको भारी मतबाट निर्वाचित हामी स्वतन्त्र सांसदहरूलाई रवि दाइ र मुकुलजीसामु एसम्यान बनाउने प्रयास गरियो । यतिसम्म साँघुरो सोच राखेर हामी कहाँ पुग्छौँ ? यसरी पनि पार्टी चल्छ ?, हेरौँ आगामी दिन कसरी बित्छ,’ समानुपातितर्फ निर्वाचित एकजना सांसदले भने । नागरिकता विवादका कारण त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैले पनि मिडियामा नबोल्ने बताएका छन् ।

टिप्पणीहरू