विप्लव नेतृत्वको नेकपाले अध्यादेश रोकेर षडयन्त्र गरियो भन्दै गर्यो प्रदर्शन

विप्लव नेतृत्वको नेकपाले अध्यादेश रोकेर षडयन्त्र गरियो भन्दै गर्यो प्रदर्शन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितपुरको लगनखेल बसपार्कमा ओली सरकार र आफूबीच भएको ३ बुँदे सहमति कार्यान्वयनमा षडयन्त्र भएको भन्दै  विरोध प्रदर्शन गरेको छ ।
हिजो दिउँसो  ४:३० बजे बाट शुरु भएको उक्त प्रदर्शन ४:३५ सम्म मात्रै  चलेको थियो ।

प्रदर्शनमा ललितपुर महानगरका ईन्चार्ज महेश बज्राचार्य, महालक्ष्मी नगर ईन्चार्ज मोहन शिवाकोटी, महालक्ष्मी नगर सेक्रेटरी तथा नेवा: मुक्तिमोर्चा केन्द्रिय उपाध्यक्ष रत्न महर्जनलगायत ८/१० जनाको सहभागिता रहेको पार्टी स्रोतले बताएको छ ।

टिप्पणीहरू