मुख्यसचिव र निर्वाचन आयुक्त भैरहवा प्रस्थान

मुख्यसचिव र निर्वाचन आयुक्त भैरहवा प्रस्थान

मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनबाट प्राप्त परिणाममध्ये प्रदेशतर्फको प्रतिवेदन लुम्बिनी प्रदेश प्रमुखलाई बुझाउन नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी र निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी भैरहवा प्रस्थान गर्नुभएको छ ।

हिजो दिउँसो  बुद्ध एयरको जहाजमा दुबै जना ४:५५ बजे प्रस्थान गर्नुभएको स्रोतले बताएको छ । ७ वटै प्रदेशमा यसरी नै प्रतिवेदन बुझाउन आयोगको टोली खटिएको छ जसअनुसार आफ्नो जन्मथलो पूर्वलाई प्रमुख आयुक्त दिनेश थपलियाले रोज्नुभएको बताइन्छ ।

टिप्पणीहरू