प्रधानमन्त्री र प्रचण्डवीच घनिभूत वार्ता शुरु
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवासङ्ग कसिकसाउ वार्ता गर्ने हिसाबले अहिले बालुवाटार पुग्नुभएको छ । फेरि प्रधानमन्त्री आफै बन्ने र रास्ट्रपतिमा पनि आफूले भनेकै पात्र उठाउने खेल काङ्ग्रेसबाट शुरु भएको बुझेपछि प्रचण्ड असन्तुष्ट रहनुभएको श्रोतले बतायो । बिहान पौने १० बजे नै प्रधानमन्त्री निवास छिर्नुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष अहिलेसम्म बाहिर निस्कनुभएको छैन ।
यसअघि खुमलटारमा उहाँले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बोलाएर परामर्श गर्नुभएको थियो ।
टिप्पणीहरू