कृष्णप्रसाद भट्टराईको शालिक अनावरण हुँदै

कृष्णप्रसाद भट्टराईको शालिक अनावरण हुँदै

नेपाली काङ्ग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईको शालिक अनावरण हुने भएको छ । काठमाडौं क्षेत्र नं ३ को गोकर्ण नगरपालिका वडा नम्बर १ सुन्दरीजलमा भोलि नेपाली काङ्ग्रेसले पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्न  लागेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा रहनु हुने छ।

मेलम्ची खानेपानी ल्याउने  परिकल्पनाकारसमेत रहनुभएका  स्वर्गीय भट्टराईको भोलि पुस ३ गते बिहान साढे ८ बजे शालिक अनावरण हुने भनिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन सबैलाई अनुरोध गरिएको छ ।

टिप्पणीहरू