गोकुललाई जिताउन अन्तर्घात गरेको भन्दै सदस्यता खाइदिने निर्णय

गोकुललाई जिताउन अन्तर्घात गरेको भन्दै सदस्यता खाइदिने निर्णय

काभ्रे कांग्रेसले गत मंसिर ४ गतेको संघ र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुध्द लाग्ने नेताहरुलाई कारबाहीको निर्णय गरेको छ।

गणेश लामा र मधुप्रसाद आचार्य साथै पाँचखालका मेयर महेश खरेल  साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिसमा परेका छन् । जिल्ला कार्यसमितिको चौधौं बैठक अस्ति पौष २ गते बनेपामा बसेर यससम्बन्धी निर्णय गरिएको हो ।

"बैठकले बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई ३ हजार १ सय ५५ मत कम आउनुको कारणबारे प्रदेश सांसद कञ्चनचन्द्र वादे र बनेपा नगर समितिसँग स्पष्ट कारण माग गर्ने निर्णयसमेत गरेको छ ।"
 

सोही बैठकले बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई ३ हजार १ सय ५५ मत कम आउनुको कारणबारे प्रदेश सांसद कञ्चनचन्द्र वादे र बनेपा नगर समितिसँग स्पष्ट कारण माग गर्ने निर्णयसमेत गरेको छ ।

टिप्पणीहरू