संसदीय दलको नेता बन्ने को ?

संसदीय दलको नेता बन्ने को ?

गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्या भण्डारीसमक्ष बुझाइसकेको छ ।  राष्ट्रपतिले आज भोलिमै नयाँ प्रधानमन्त्री चयन र नयाँ प्रतिनिधि सभाको बैठक आव्ह्वान गर्नुहुने छ । 

सरकार बनाउन दावी प्रस्तुत गर्ने घोषणा हुनेबित्तिक्कै समय थोरै हुने आकलनसहित विशेषगरी प्रधानमन्त्रीमा दाबी गर्दै आएका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आज पार्टीको बैठक बोलाएका छन् । काँग्रेसले दिउँसो ३ बजे र माओवादीले दिउँसो २ बजेको समय तोकेका छन् । 

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र माओवादीले पदाधिकारी बैठक राखेका छन् । माओवादीले आजै संसदीय दलको नेता चयनको विषयलाई औपचारिक रुपमा प्रस्तुत गर्ने बुझिएको छ ।काँग्रेसले भने आजको बैठकबाट संसदीय दलको नेता चयन निम्ति निर्वाचन समिति गठन गर्ने सम्भावना छ । समितिले भोलि वा पर्सिसम्ममा निर्वाचन सम्पन्न गर्ने एक जना पदाधिकारीले बताए ।

माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत नेता हुने पक्कापक्की छ । नेपाली काँग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति विरुद्ध शेखर कोइराला वा गगन थापा उम्मेदवार हुने बताइए पनि उक्त समूह पछिल्ला दिनमा आक्रामक रुपले अगाडि आएको देखिँदैन । 

एमाले,एकीकृत समाजवादी, राप्रपालगायतका पार्टीमा भने अध्यक्ष नै संसदीय दलको नेता बन्ने अवस्था छ ।

टिप्पणीहरू