कांग्रेस नेता गच्छदारले जेलमा भेटे रेशम चौधरीलाई

कांग्रेस नेता गच्छदारले जेलमा भेटे रेशम चौधरीलाई

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार डिल्लीबजार कारागार पुगेका छन् । टीकापुर काण्डमा जेलजीवन बिताइरहेका रेशम चौधरीसंग भेटवार्ता गर्न उनी त्यता लागेका हुन् ।  हिजो चौधरीलाई भेटेर उनले आगामी राजनीतिक परिप्रेक्ष्यमा वार्तालाप गरेका थिए । त्यस्तै, चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइएको छ । 

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य ललित ताम्राकारको नेतृत्वमा मौन धर्ना कार्यक्रम गरिएको हो । चौधरीसहित थारुहट राजबन्दीलाई रिहाइ गर्नुपर्ने माग राख्दै प्रदर्शनकारीहरुले हिजो झण्डै एक घण्टा धर्ना दिएका थिए ।  कार्यक्रममा एक दर्जन बढीको सहभागिता रहेको थियो ।

टिप्पणीहरू