पुस लागेपछिको पहिलो मन्त्रिपरिषद् बैठक अहिले

पुस लागेपछिको पहिलो मन्त्रिपरिषद् बैठक अहिले

आज बिहान मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास,बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बैठक बसेको हो । 

बिहान १० बजेदेखि झण्डै ४५ मीनेट बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, शिक्षामन्त्री देवेन्द्र पौडेल, भूमिव्यवस्था तथा सहकारीमन्त्री शशि श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री उमा रेग्मीलगायतको उपस्थिति थियो । 

त्यसैगरी मुख्यसचिव शंकरदाश बैरागी पनि बैठकमा हुनुहुन्थ्यो ।

टिप्पणीहरू